
१ भाद्र २०७५, झापा
अर्जुनधारा जलेश्वर धामको माछा पोखरी सफा गरिएको छ । शुक्रबार शनिश्चरे प्रहरी चौकी ,शसस्त्र प्रहरी बल ,अर्जुनधारा जेसिज ,नागरिक समाज ,रेडक्रस सोसाइटी ,विभिन्न संघ संस्था ,विद्यालय र स्थानीयको सहयोगमा सफा गरिएको हो ।

गत साउन २८ गते साउनको अन्तिम सोमबार मन्दिरमा आएका भक्तजनहरुले पोखरीमा विभिन्न खाने कुरा र धुप बात्तिहरु फालेसँगै फुड पोइजन भएर पोखरीका ३०० को हाराहारीमा सबै माछा मरेका थिए । फेरी नयाँ माछा हाल्नका लागि पोखरी सफा गरिएको मन्दिर समितिका अध्यक्ष नवीन गट्टानीले बताए ।
जल र फलफूल चढाउँदा फुटपोइजन भइ माछा मरेको अनुमान गरिएको थियो । अर्जुनधारा नगरपालिकाले माछा मर्नुृको आधिकारिक कारण थाहा पाउन परीक्षणका लागि माछा विशेषज्ञ विराटनगर पठाउँदा क्षेत्रफल अनुसार माछाको संख्या बढी भएको र पाखरीमा चढाएको प्रसादबाट चिल्लो पदार्थ बढी हुँदा अक्सिजनको मात्रा कम भइ माछा मरेको भनी प्रारम्भिक विवरण आएको बताइएको छ ।र पोखरीको पानी परिक्षणकै रहेको समितिका सचिव विष्णु निरौलाले जानकारी दिए।





