
०१ भदौ २०७५, काठमाडौँ
चलचित्र प्रेम गीत र प्रेम गीत २ निर्माण गरिसकेका निर्माता सन्तोष सेनले पछिल्लो समयमा निर्माण गरेको चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ । आफ्नै ६ बर्षीया छोरा आयुब सेनलाई लिड रोलमा राखेका सन्तोषले मेरी मामुले दर्शकको मन जित्ने कुरामा आफू ढुक्क रहेको बताए ।
चलचित्र मेरी मामु आमा र छोराको मायामा आधारित चलचित्र हो । चलचित्रमा आयुबका साथमा सारुक ताम्राकार, अश्लेशा ठकुरी र नव अभिनेत्री कुसुम गुरुङको पनि अभिनय देख्न सकिन्छ । चलचित्र ‘मेरी मामु’ भदौ १५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।





