
०१ भदौ २०७५, काठमाडौँ
नायक प्रदिप खड्का पछिल्लो समयमा सर्वाधिक सफल र व्यस्त अभिनेता हुन् । दिनप्रति दिन उनको क्रेज र फ्यान फलोअर बढ्दै गएको छ । उनी अहिले यति डिमाण्डेड अभिनेता बनेका छन् कि उनलाई लिएर चलचित्र निर्माण गर्ने निर्माताको बजारमा निकै लामो लाइन छ । डिमाण्डेड मात्र नभएर प्रदिप निकै महंगा अभिनेता हुन् ।
हालै प्रदिपको हातमा चलचित्र भ्याइनभ्याइ छ । उनलाई लिएर चलचित्र निर्माण गरे सजिलै लगानी उठ्ने निर्माताको सोच रहेको हुन्छ । त्यसैले उनीहरु प्रदिपलाई जतिपनि पारिश्रमिक दिन तयार हुन्छन् । हालै मात्र उनलाई ३ निर्माताले चलचित्रमा अफर गरेका छन् ।
त्यस चलचित्रमा तीनै जना निर्माताले प्रदिपलाई ५० लाख पारिश्रमिक दिने भएका छन् । तर प्रदिप भने ती मध्ये छानेर एक मात्र चलचित्र गर्ने सोचमा छन् । महंगो पारिश्रमिक भन्दापनि आफ्नो पात्र र कथावस्तु हेरेर राम्रो चलचित्र मात्र गर्ने प्रदिप बताउँछन् ।





