चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ मा सेवाग्राहीहरुलाई छुटै छुट



१ भाद्र २०७५, काठमाडौं

चन्द्रागिरी नगरपालिका अन्तर्गत वडा नम्बर १५ ले आफ्नो वडामा सेवा लिन आउने सेवाग्राहीहरुलाई विभिन्न शिर्षकहरुमा नि:शुल्क सेवा दिने भएको छ।

वडा अध्यक्ष उत्तम बहादुर राउतद्वारा हस्ताक्षर गरिएको सुचना अनुसार वडाबाट उपलव्ध हुने सेवाहरुमा प्राय जसो सबै नि:शुल्क बनाइएको छ। जन्म दर्ता, मृत्यु दर्ता, बसाइसराइ सिफारिस, विबाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, छात्रवृत्ति सिफारिस, स्वास्थ्य सम्बन्धि सिफारिस, नागरिकता प्रमाण पत्र सिफारिसलाई नि:शुल्क बनाइएको छ।

त्यसैगरी मृतक सँगको नाता प्रमाणित गर्दा भने ३१० शुल्क लाग्ने भएको छ। घटना भएको ३५ दिन भित्रमा घटना दर्ता गरेमा नि:शुल्क दर्ता गरिने र ३५ दिनपछि घटना दर्ता गराएमा २५ रुपैयाँ जरिवाना लाग्ने पनि वडाको सुचनामा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्