
०१ भदौ २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पुर्व–प्रधानमन्त्री अटलबिरही बाजपेयीको निधनप्रति गहिरो समवेदना ब्यक्त गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक शोक सन्देश पठाउँदै केपी शर्मा ओलीले समवेदना ब्यक्त गरेका हु्न् । ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताहरुको निःस्वार्थ भावले गरेको उदाहरणीय तथा दुरदर्शिताको स्मरण गरेका छन् । पुर्व–प्रधानमन्त्री बाजपेयीको निधनले भारत लगाएत विश्वले नै एक उच्च राजनीतिक व्यत्तित्व गुमाएको उनको भनाई छ । साथै ओलीले नेपाल–भारतबिचको सम्बन्धलाई सुदृढ बनाउन स्वर्गीय बाजपेयीले गरेका योगदानको समेत स्मरण गरेका छन् ।
यस शोकको दुखद् घडीमा भारत सरकारको साथमा नेपाल सरकार पनि रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई रहेको छ ।





