
०१ भदौ २०७५, काठमाडौँ
सुदर्शन थापा निकै चर्चित र राम्रो चलचित्र बनाउनमा माहिर निर्देशकको लिस्टमा आउँछन् । धेरैजसो लभस्टोरी चलचित्र निर्माण गर्ने सुदर्शनको अन्तिम पटक चलचित्र म यस्तो गीत गाउँछु रिलिज भएको थियो ।
पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र चलचित्र म यस्तो गीत गाउँछु बक्सअफिसमा सफल भयो र पल र पूजाको जोडीलाई पनि दर्शकले निकै रुचाए । म यस्तो गीत गाउँछुको सफलतापछि दर्शकले फेरि एकपटक पल र पूजाको जोडीलाई पर्दाका हेर्ने चाहना राखेका छन् । अब दर्शकको यो चाहनालाई पनि सुदर्शनले पुरा गर्ने भएका छन् । सुदर्शनले चाँडै पल र पूजालाई लिएर चलचित्र निमार्ण गर्ने भएका छन् । चलचित्रमा पल र पूजा अनुबन्धित भैसकेका छन् भने पलले चलचित्रमा साइन पनि गरिसके ।
चलचित्र दशैँपछि फ्लोरमा जाने निर्माण पक्षले जानकारी दिएको छ । म यस्तो गीत गाउँछु रिलिजपश्चात् पल र सुदर्शनको सम्बन्ध बिग्रिएको हल्ला आएपनि यी दुई फेरि एकसाथ चलचित्रमा देखिँदै छन् ।





