
०१ भदौ २०७५, काठमाडौं
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगको परीक्षा नरोकिने बताएका छन् ।
बिहिबार काठमाडौंमा भएको समृद्ध र सुशासनका लागि तहगत सरकारबिच समन्वय अन्तरसम्बन्धबारे बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री पण्डितले लोक सेवा आयोगको परीक्षा बन्द हुन्छ भन्ने भ्रम नफैलाउन सञ्चारमाध्यमहरुलाई आग्रह समेत गरेका छन् । साथै उनले लोक सेवा आयोगको परीक्षा बन्द हुने भयो भनेर परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भत्काउने काम भएको उल्लेख गरेका छन् । केही पत्रकार मित्रहरुबाट लोक सेवा आयोगको परीक्षा बन्द हुने भयो भनेर कर्मचारीहरुलाई भत्काउने काम भयो, लोक सेवा आयोगको परीक्षा हुन्छ, उनले भने ।
यसअघि कर्मचारी समायोजन गर्न गार्हो भएकाले लोक सेवा आयोगको परीक्षा रोकेरै भएपनि कर्मचारी समायोजन गर्ने भन्ने समाचार बाहिर आईरहेका थिए ।





