आरआर क्याम्पसको स्ववियुले क्याम्पस भित्र रहेका सम्पुर्ण विद्यार्थी संगठनका बोर्ड हटायो



१ भाद्र २०७५, काठमाडौं

स्वतन्त्र विद्यार्थी युनियन रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)ले क्याम्पस भित्र रहेका सम्पुर्ण विद्यार्थी संगठनहरुका बोर्डहरु हटाएको छ। स्ववियुले आज क्याम्पस सरसफाई गर्ने क्रममा क्याम्पसमा टाँगिएको सबै विद्यार्थी संगठनहरुका बोर्ड हटाएको हो।

भदौ ४ गते हुने रत्न राज्यलक्ष्मी क्याम्पसको ५८औं बार्षिकोत्सवको पुर्वसन्ध्यामा स्ववियुले उक्त सरसफाई कार्यक्रमको नेतृत्व गर्दै क्याम्पसलाई सफा, स्वच्छ , सुन्दर क्याम्पस, ब्यवस्थित र समृद्ध क्याम्पस बनाउने अभियान स्वारुप आज सरसफाई गरेको स्ववियु सभापति तपेन्द्र जंग शाहीले परिवर्तन खबरलाई जानकारी गराए।

सभापति शाहीले आजको सरसफाई कार्यक्रममा सहभागी बन्दै भब्य रुपमा सफल बनाउन सहयोग गर्ने सबैमा धन्यबाद समेत व्याक्त गरेका छन्। साथै आगामी भदौ ४ गते हुने कार्यक्रममा पनि उपस्थिति भएर भब्य र सबय रुपले सफल पारिदिन पनि सबैमा आग्रह गरेका छन्।

आज आयोजना गरेको बृहत सरसफाइ कार्यक्रमका केही झलकहरु :

प्रतिक्रिया दिनुहोस्