चलचित्र रोजीको नाम परिवर्तन गरेर बनाइयो ‘रोज’



०१ भदौ २०७५, काठमाडौँ

नायक प्रदिप खड्का स्टारर चलचित्र ‘रोजी’को नाम परिवर्तन गरिएको छ । गोपी कृष्ण मुभिजको ब्यानरमा निर्मित चलचित्र ‘रोजी’को नाम परिवर्तन गरेर ‘रोज’ राखिएको छ ।

रोजी चलचित्र रोजी महर्जनको हत्या काण्डमा आधारित भएको भन्दै रोजी महर्जनको परिवारले चलचित्र निर्माण टिमलाई दिनरात दबाब दिन थालेपछि चलचित्रको नाम परिवर्तन गरिएको हो । चलचित्र निर्माण हुनुभन्दा अगाडि नै आप्mनी छोरीको हत्याकाण्डमा चलचित्र निर्माण गर्न लागेको भन्दै चलचित्र टिमलाई रोजी महर्जनका परवारले मुद्दा समेत हालेका थिए ।

चलचित्र रोजीमा प्रदिपका साथमा परमिता राणा र मिरुना मगरको पनि मुख्य भूमिका रहेको छ । चलचित्र रोज भदौ २२ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्