प्रधानमन्त्री ओलीले भोलि शनिबार २ नम्बर प्रदेशसभालाई विशेष सम्बोधन गर्दै



१ भाद्र २०७५, काठमाडौं

२ नम्बर प्रदेशसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि भाद्र २ गते शनिबार विशेष सम्बोधन गर्ने भएका छन्। नेकपाले जनकपुरमा एक पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो।

प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रदेशासभालाई सम्बोधन गरे पश्चात प्रधानमन्त्री ओली धनुषाको बरमझियामा आयोजना हुने शहिद रामवृक्ष यादवको २४ औँ स्मृति सभामा पुगेर सम्बोधन गर्ने छन्। प्रधानमन्त्री ओलीसँग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” पनि २ नम्बर प्रदेश सँगै जाने कार्यक्रम रहेको नेकपाका नेता तथा २ नम्बर प्रदेश समिति कार्यदलका सदस्य विश्वनाथ साहले जानकारी गराए।

प्रधानमन्त्री ओलीले यस अघि १, ३, ४ र ५ नम्बर प्रदेशासभा बैठकलाई विशेष सम्बोधन गरिसकेका छन्। त्यसै अनुरुप भोलि शनिबार २ नम्बर प्रदेशलाई सम्बोधन गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्