अभिनय र सुन्दरताका कारण बलिउडमा चर्चित भएकी नायिका मनिषा कोइरालाको आज जन्मदिन



०१ भदौं २०७५, काठमाडौं

सन् १९७० अगस्ट १६ मा काठमाडौंमा जन्मिएकी अभिनेत्री मनिषा कोइरालाले आज आफ्नो ४८ औं जन्मदिन मनाउँदैछिन् । १९८९–२०१२ सम्म करिब २३ वर्ष फिल्मी क्षेत्रमा क्रियाशील मनिषा पाठेघर क्यान्सरको कारण झण्डै पाँच वर्ष हराईन् ।

क्यान्सर रोगलाई जितेर सन् २०१७ देखि पुनः फिल्मी क्षेत्रमै सक्रिय बनेकी मनिषाले अभिनय गरेको हिन्दी फिल्म ‘सञ्जु’ बलिउड बक्स अफिसमा ब्लक बस्टर सावित भएको छ । चलचित्रमा संजय दत्तकी आमा नरगिसको भूमिका निभाएकी उनले दर्शकहरुबाट राम्रो प्रशंसा बटुलेकी छिन् ।

हिन्दी चलचित्र सौदागरबाट बलिउडमा पाइला टेकेकी अभिनेत्री मनिषा कुनै समय बलिउडमा एकदमै रुचाएकी नायिकामा पर्थिन् । त्यसताका उनको अभिनय र सुन्दरताको चौतर्फी चारिफ हुन्थ्यो ।

सन् २०१० मा सम्राट दाहालसँग बिवाह गरेकी मनिषाको दुई वर्षपछि सम्बन्ध विच्छेद भएको थियो । हाल उनी आमाबाबु सुष्मा र प्रकाश कोइरालासँग मुम्बईमा बस्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्