पत्याउनुहुन्छ ! हात नभएका यी व्यक्तिले मज्जाले काटिदिन्छन् कपाल



३१ साउन २०७५, काठमाडौं

अर्जेन्टिनाका २० वर्षीय गेब्रिएल हेरेडियाका आश्चर्यजनक कथा रहेको छ । उनको जन्मँदादेखि नै दुवै हात थिएनन् तर उनले जिन्दगीको यो बाधालाई पन्छाउँदै हेयरड्रेसर (हजाम) बन्ने पहल गरे । उनले आफ्नो कमजोरीलाई तागत बनाएर असम्भवलाई सम्भव बनाएका छन् ।

परिवार, साथी र विद्यालयले  कहिले पनि भेदभाव नगरेको अनुभव सुनाउने गेब्रिएलले भने, ‘म आफैं पानी लिएर पिउन सक्छु । म बाइक र कार चलाउन पनि सक्छु । अनि मलाई १४ वर्षकै उमेरमा हजाम बन्न मेरी आमाले प्रेरित गर्नुभएको हो । उहाँ आफैं पनि हजाम हुनुहुन्छ ।’

गेब्रिएलले कपाल काट्ने काम सोखका रूमा गरेका थिए । पछि उनले बिस्तारै दाह्री, कपाल काट्ने सबै प्रविधि सिके अनि त्यसैलाई पेशा बनाउने फैसला लिए ।

केही समयपछि नै उनी परिवारको सहायतामा सैलून खोल्न सफल भए । उनी अहिले हजाम काममा रुचि भएका मानिसलाई सिकाउने पनि गर्छन् ।

प्रतिक्रिया दिनुहोस्