समुद्रमा छालले बगाउँदै गरेको बच्चीलाई कुकुरले बचाएपछि (भिडियो सहित)



३१ साउन २०७५, काठमाडौं

फ्रान्सको गौविल–सुर–मेर नजिक समुद्री छालमा मात्यास नामक बालिका पौडी खेलिरहेकी थिइन् । अचानक समुद्री छाल बढेपछि बच्चीनजिक रहेको घरपालुवा कुकुरलाई खतरा अनुभव भयो र कुकुरले बच्चीलाई तानेर किनारमा ल्याएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मानिसहरू कुकुरको खुबै प्रशंसा गरिरहेका छन् ।

घटना भइरहँदा बच्चीको अनुहारमा मुस्कान देखिन्छ । कुकुरले बच्चीको कपडालाई दाँतले च्याप्यो र खिच्दै समुद्र किनारसम्म पुर्यायो तर बच्चीलाई यो कुकुरसँग खेलेजस्तो मात्र लागिरहेको भिडियोमा देखिन्छ ।

बच्चीको हजुरबुवाको निकै प्यारो कुकुरलाई अहिले सामाजिक सञ्जालमा बौद्धिक हिरोको दर्जा दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्