प्रदिप र साम्राज्ञीलाई चलचित्रमा जोडीको रुपमा हेर्ने दर्शकको चाहना



३१ साउन २०७५, काठमाडौँ

प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह दुवै नेपाली चलचित्र क्षेत्रका लोकप्रिय र अभिनयमा अब्बल कलाकारहरु हुन् । युवापुस्तामा निकै लोकप्रिय यी दुई कलाकारलाई एकसाथ चलचित्रमा हेर्न दर्शक आतुर छन् ।

चलचित्र छक्का पञ्जा २ मा यी दुईलाई मुख्य पात्रको भूमिकामा राखेर चलचित्र बनाउने निर्माण टिमको ठूलो सपना थियो । तर बिडम्बना दुवैको व्यस्तताका कारण उनीहरु चलचित्रमा सँगै देखिन सकेनन् । यसबाहेक अर्को चलचित्र भैरवीका निर्देशकले पनि यी दुईलाई जोडीको रुपमा काम गराउन निकै मेहेनत गरिरहेका छन् । तर प्रदिपको डिमाण्ड र साम्राज्ञीले निर्णय नदिएका कारण यो चलचित्रमा पनि प्रदिप र साम्राज्ञी एकसाथ देखिने छाँटकाँट छैन ।

प्रदिप र साम्राज्ञीलाई जोडीको रुपमा हेर्न दर्शकहरुले निकै प्रतिक्षा गरिरहेका छन् । अहिलेसम्म पर्दामा एकसाथ नदेखिएका प्रदिप र साम्राज्ञीे हालै भने एकसाथ एक विज्ञापनमा सँगै देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्