दलित भनी नाबालक छोरा सहित पतिले छोडेपछि रबिनाले गाइन मनछुने गीत (भिडियो सहित)



रबीना बादीले आफ्नो जीवनमा आधारीत ‘सपना थियो भुरूरू उडिजाने’ गीत गाएकी छिन् । पत्रकारीता र संगीतमा रुचि राख्ने रवीनाले निकै राम्रो गीत गाएकी छन् । आफ्नो छोरालाई काखमा लिएरै स्टुडियो पुगेकी रबिनाले गीत आफ्नो जीवनमा मात्र नभएर सबैको जीवनमा मेल खाने बताईन् ।

१२ वर्षको कलिलो उमेर मै बलात्कृत हुन पुगेकी रबीना बादीको जीवनमा एकदमै ठूलो पिडा आईपरेको थियो । दर्दनाक घटनालाई झेल्दै गरेकी १९ वर्षीय बादीको जीवनमा अब राम्रो दिनको सुरुवात भएको छ । यसको पछाडि धेरै सहयोगी हातहरुको ठूलो देन छन् । स्वरकी धनी बादीको जीवनको खुसीले ठाउँ लिएको छ । १२ वर्षको कलिलो उमेरमै बलात्कृत हुन पेगेकी रबिनाले कलिलै उमेरमा आफु भन्दा १७ वर्ष जेठो बिनोद नेपालीसँग बिहे गर्न बाध्य भएकी थिईन् ।

रबीना १३ वर्षकी हुँदा पहिलो सन्तानको रुपमा छोरा जन्मियो । विनोद बिदेश गएको पाँच वर्षपछि रबीनाले श्याम ओलीसँग दोस्रो बिहे गरिन् । रबीनाका अनुसार श्यामसँग फेसबुकको माध्यमबाट बिहे भएको हो । श्यामबाट पनि एउटा छोरा जन्मियो । रबीनाले दास्रो श्रीमानबाट पनि खुसी पाइनन् । बेसाहारा भइ कति रात दिनहरु खुल्ला आकाश मुनी विताइन् ।

तर अब रबिनाको दैनिकी बदलिदै गएको छ । उनी बेसहाराबाट गायिका बन्ने प्रयत्नमा छिन् । ड्रिम्स रेकडिङबाट बादीले पहिलो पटक गीतको सुरुवाती गरेकी छन् । गीतको लेखन र संगीत हेजनलले गरेका छन् । हेजनलले बादीको जीवनसंग मेल खाने गीत लेखेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्