
३१ साउन २०७५, काठमाडौं
साथीहरूसँग हातमा हात समाएर खोला तर्ने क्रममा अचानक सिन्धुली जिल्लाको भिमान खोलामा एक छात्रा बगेकी छिन । स्कुल ड्रेसमा रहेकी, अगाडि झोला बोकेकी र छाता ओढेकी छात्रा अचानक डिलबाट तल खसेको भिडियोमा देख्न सकिन्छ ।
स्कुले विद्यार्थीहरू खोला तर्दै गरेको अवस्थामा एक प्रत्यक्षदर्शीले यो भिडियो मोवाइलमा कैद गरेका हुन् । साउन २९ गते मंगलबारको यो घटनाले गतबर्षको धुम्बाराहीको ढलमा बगेकी छात्राको यादलाई ताजा गराइदिएको छ ।
अघिल्लो बर्ष राजधानीकै धुम्बाराहीमा स्कुलबाट फर्केकी छात्रा सत्या सापकोटा सडक छेउको ढलमा बगेको भिडियो भाइरल बनेको हामीमध्ये धेरैलाई याद नै होला । त्यस्तै अर्को एउटा भिडियोमा स्कुलबाट फर्केकी छात्रा बाढीमा बगेको दृश्य यहाँ प्रस्तुत छ ।





