विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रको अन्तरार्ष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै (प्रेस विज्ञप्ती सहित)



३१ साउन २०७५, काठमाडौं

विश्वभरिका हस्तकला तथा शिल्पकलाका कलाकारहरुको साझा संगठन विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रको ३७ औं साधारण सभा तथा अन्तर्राष्ट्रिय सम्मेलन यहि २०७५ भाद्र १४ देखि १६ गते दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजना हुन गईरहेको छ ।

हस्तकलाको बजार प्रवर्धन, कलाकार तथा कालिगढहरुको क्षमता अभिवृद्धि, पर्यटन प्रवद्र्धन र शिप प्रविधि तथा आपसी अनुभव आदान प्रदान गर्ने उद्देश्यबाट यस महासंघको तत्वावधान तथा नेपाल सरकारको सहयोगमा एसिया प्रसान्त क्षेत्रका विभिन्न देशका झण्डै १०० जना प्रतिनिधिहरुको सहभागीता रहने अन्तरार्ष्ट्रिय सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिन लागिएको हो ।

नेपाल हस्तकला महासंघद्वारा जारी प्रेस विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्