शनिबार प्रदेश नं. २ का सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली



३१ साउन २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो शनिबार प्रदेश नं. २ का सांसदहरुसँग छलफल गर्दै    छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम तय भए नेकपाले जनाएको छ । आज जनकपुरमा पत्रकार सम्मेलन गरि नेकपाले यस्तो जनाएको हो ।

धनुषाका शहीद रामवृक्ष यादवको २४ औं स्मृती सभा लाई सम्बोधन गर्न उनीहरु दुबै जना धनुषा जाने कार्यक्रम रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले यहि क्रममा शनिबार प्रदेश नं. २ का सांसदहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नेकपा नेता एवं प्रदेश समिति कार्यदलका सदस्य विश्वनाथ शाहले बताए ।

प्रधानमन्त्री ओलीले यसअघिनै प्रदेश नं. १, ३ र ५ का सांसदहरुसँग छलफल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्