आँचलको कुराको खण्डन गर्दै बर्षा र प्रियंका



३१ साउन २०७५, काठमाडौँ

नायिका आँचल शर्मा चर्चित र युवापुस्तामा लोकप्रिय नायिका हुन् । थोरै समयमा नै धेरै फ्यानहरु बनाउन सफल आँचल  केहि समय अगाडि आफूले बोलेका कुराका कारण आलोचित भएकी थिइन् । उनले चलचित्र ब्ल्याकको प्रचारका क्रममा धेरै कलाकार भएको चलचित्रमा काम गर्दा आफू ओझेल पर्ने र दर्शकले याद नगर्ने भन्दै अबदेखि सोलो नायिकाको रुपमा मात्र काम गर्ने बताएकी थिइन् । उनको यस्तो भनाइका कारण उनी निकै आलोचित बन्न पुगिन्  । अझ कतिले त उनलाई आफ्नो अभिनयमा सुधार गर्न समेत आग्रह गरे ।

यस्तैमा हालै भएको एक कार्यक्रममा आँचलको भनाईलाई खण्डन गर्दै नायिका प्रियंका कार्की र बर्षा राउतले आफूहरुलाई त्यस्तो नलाग्ने बताए । उनीहरुले राम्रो अभिनय गरेर देखाए रोल जतिसुकै सानो र थोरै भएपनि र चलचित्रमा जतिसुकै कलाकारको अभिनय भएपनि आफूलाई सबैले याद राख्ने बताए । त्यस्तैमा नायिका प्रियंकाले हामीले चलचित्रमा राम्रो काम गर्न नसके चलचित्रमा सोलो नायिकाकै रुपमा भएपनि कसैले याद नगर्ने बताइन् ।

नायिका प्रियंका कार्की र बर्षा राउत हालै मात्र महजोडिको चलचित्र दाल, भात, तरकारीमा अनुबन्धित भएका छन् । यहि चलचित्रको कार्यक्रमको बेला नायिका बर्षा र प्रियंकाले आँचलको कुरामा आफू सहमत नभएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्