राष्ट्रियसभा संसदीय सभापतिहरुको निर्वाचनको मिती सारियो



३१ साउन २०७५, काठमाडौं

राष्ट्रियसभा अन्तर्गतको संसदीय समिति सभापतिहरुको निर्वाचनको मितीमा हेरफेर गरिएको   छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भाद्र ३ का लागि तय गरिएको निर्वाचन भाद्र १३ का लागि सारेका हुन् । विषेश कारणवश उक्त निर्वाचन सार्नुपरेको अध्यक्ष तिमिल्सिनाको भनाई छ । उनले राष्ट्रियसभाको सचिव राजेन्द्र फुयाँललाई परिवर्तित मितीअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

राष्ट्रियसभा अन्तर्गत ४ ओटा समिति रहेका छन् । जसमा दिगो विकाश तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्