
३१ साउन २०७५, काठमाडौं
काठमाडौं महानगरीय प्रहरी प्रमुखको जिम्मा एसएसपी वसन्त लामालाई दिईएको छ। त्यसैगरी ललितपुर महानगरीय प्रहरी प्रमुखको जिम्मा एसएसपी रविन्द्र धानुकलाई दिइएको छ।
काठमाडौं महानगरीय प्रहरी प्रमुखको जिम्मा पाएका लामा यस अघि प्रहरी मुख्यालयमा थिए भने ललितपुर महानगरीय प्रहरी प्रमुखको जिम्मा पाएका धानुक ४ नम्बर प्रदेशमा कार्यरत थिए।
यस अघि काठमाडौं महानगरीय प्रहरी प्रमुखको जिम्मा एसएसपी विश्वराज पोखरेलले सम्हालेका थिए भने ललितपुर महानगरीय प्रहरी प्रमुखको जिम्मा एसएसपी गणेश ऐरेले सम्हालेका थिए। एसएसपी पोखरेल ६ महिनामै सरुवा भएका छन्।





