
३१ साउन २०७५,काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी (सिइओ) सुशील ज्ञवालीले अब समयावधि किटान गरेर पुनर्निार्मणका काम शुरु गर्ने बताएका छन् ।
पुनर्निर्माणको कामलाई गति दिन भुकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन २०७२, ले तोकेको ५ वर्षभित्र पुनर्निर्माणकोे लक्ष्यलाई पुनरावलोकन गर्ने बताएका छन् । सरकारले ५ पुस २०७२ मा प्राधिकरण ऐन जारी गरेको थियो । उक्त ऐनले ऐन जारी भएको मितीले ५ वर्षसम्मको समयलाई मानेको थियो । उक्त समयमा काम नसकिएमा १ वर्षसम्म समय थप गर्न पाउने नियम ऐनमा उल्लेख छ ।
राजनीतिक स्थायित्व तथा संघीय प्रणाली लागु भएर अधिकार तल्लो तहसम्म पुगेको लगाएतका विषयलाई उल्लेख गर्दै सिइओ ज्ञवालीले अब प्राधिकरणलाई कुनै किसिमको क्षमा नहुने बताएका छन् ।
विगतको समयमा राजनीतिक अस्थिरताका कारण सिइओ छिटोछिटो परिवर्तन हुनुपर्ने उनको भनाई छ । हामीले शून्यबाट काम शुरु गरेका हौं र प्रणाली स्थापित गरेका हौं, उनले भने । प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीेलले प्राधिकरण गठन भएको लामो समय बितिसक्दा पनि आपेक्षित प्रगती गर्न नसकेको बताउँदै प्राधिकरणलाई पर्याप्त अधिकार नहुँदा समस्या देखिएको उनको भनाई रहेको छ ।





