
३१ साउन २०७५, काठमाडौं
आजको दिन नागको प्रतिमामा दुध, दहि, अक्षता, फुल, दुबो जस्ता सामाग्रीहरु राखी गाइको गोबरले घरको मुल ढोकाको शिरमा टाँस्ने प्रचलन रहेको छ।

वर्षायामको समाप्त भई आजको दिनबाट हिउँद सुरु हुने भनाई अनुसार नागका अष्टकुल अर्थात अनन्त, बासुकी,पद्म, महापद्म, तक्षक,कुलीर, कर्कट र शंख नागको चित्र घरमा टाँस्नले उक्त घरमा कुनै अनिष्ट नहुने साथै चट्याङ्ग नपर्ने र आगो र शर्पाको डर समेत नहुने धार्मिक विश्वास रहेको छ।

आजको दिन देशैभरका नाग मन्दिरहरुमा नाग देवताको पुजा गर्न भक्तजनहरुको घुइचो लाग्ने गर्दछ। नाग देवतालाई खुशी पारे सबैखाले अनिष्टहरु भाग्ने धार्मिक विश्वास अनुरुप पनि आज नागको पुजा गर्न भक्तजनहरु नाग मन्दिरमा जाने गर्दछन।

पंचमी तिथिका स्वामी नाग देवता भएको ज्योतिष शास्त्रमा उल्लेख रहे नुसार भूमिमा नाग देवताको बसोबास हुने र भुमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकोले नागपंचमीको दिन भूमिमा हलो जोत्नु या खन्नु शुभ मानिदैन।





