
३१ साउन २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं १० पाथिभारा टोलका बाढिपीडीतलाई बूनपा १० द्वारा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा परराष्ट्रविद् डा. राजन भट्टराई, प्रदेशसभा सदस्य कुुसुम कुमार कार्की, बूनपा नगर प्रमुख उद्धव खरेल, उपप्रमुख रमादेवी राई, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, अन्य वडा सदस्यहरु लगायत विभिन्न समाजसेवीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

अबिरल वर्षाका कारण धोबि खोलाले डुबानमा परेका ३६ घर परिवारलाई चामल, दाल, तेल, नुन, मसला, चाउचाउ, चिउरा, बिस्कुट र म्याटको व्यवस्था गरिएको थियो ।
राहत वितरण गर्न गएको स्थानीय सरकार सहितको टोलीले कसरी तत्कालिन तथा दिर्घकालिन समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो ।

वर्षामास शुरु हुदैमा सुत्न बस्न नपाउने स्थिति नआओस् भन्ने स्थानीयवासीहरुको जोड थियो ।






