धनकुटामा २ दिने विपत न्यूनीकरण संचारमाध्यम परिचालन तालिम सम्पन्न



३१ साउन २०७५, धनकुटा

धनकुटाको पर्यटकीय स्थान भेडेटारमा २ दिने विपत न्यूनीकरण संचार माध्यम परिचालन तालिम हिजो सम्पन्न भएको छ ।

युथ क्रिएसन सुनसरीकोको आयोजना, वल्र्ड भिजनको सहयोग र नेपाल पत्रकार महासङ्घ सुनसरीको समन्वयमा भएको तालिममा विपत पर्दा आइपर्ने समस्या, न्यूनीकरणका समस्या समाधानको उपायको बारेमा चर्चा गरीएको थियो ।

तालिममा यज्ञ शर्मा र सिंह बहादुर खड्काले प्रशिक्षक गर्नुभएको थियो । कार्यक्रममा पत्रकार भएर विपतको समयमा सहि सत्य समचार जनतामाझ पुर्याउन पत्रकारले अपनाउनु पर्ने संयमताका विषयमा चर्चा  गरिएको थियो ।

बाढी, पहीरो, भुकम्प, लगायत  अन्य प्राकृतिक प्रकोप पर्दाखेरी पत्रकार भएर निभाउनुपर्ने भुमिकाको बारेमा चर्चा गरिएको थियो । आफ्नो सुरक्षा सहित कस्तो प्रकारले रिपोर्टीङ्ग गर्दा पिडितको भाबना बुझिन्छ ? लगायतको बिषयका चर्चा र परिचर्चा गरीएको थियो ।

बिपत र प्रकोपको बारेमा छुट्याउदै बिपत र प्रकोप एउटै नभई दुबैको अबस्था  हेरेर रिपोर्टीङ्ग गर्न पत्रकारलाई सुझाब दिईएको थियो । बिपतको समयमा पत्रकारलाई मित्रकारिता नगरी असल पत्रकारको भुमिका निर्वाह गर्ने पनि सुझाब दिईयो । तालिममा केही सहभागीले तालिमको व्यबस्थापन फीतलो भएको बताएका थिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ सुनसरी अध्यक्ष अमर खड्काले सही, सत्य र यथार्थ समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाइ सुझाब दिनुभएको छ ।

त्यस्तै पत्रकार माहासंघ केन्द्रीय सदस्य उद्धब तिम्सिनाले साना झमेलामा पत्रकार अल्झन नहुने भन्दै पत्रकार त्यस तर्फ पनि आकर्षित हुन आग्रह गर्नुभएको छ ।

त्यस्तै कार्यक्रमको समापन गर्दै युथ क्रिएसनका अध्यक्ष नबराज सुबेदीले पत्रकार सही ढंगले हिडेमा मात्र संचार क्षेत्र फस्टाउने बताउनुभयो ।

कार्यक्रममा सुनसरीका ४० जना भन्दा बढी पत्रकार सहभागी रहेका थिए । भने कार्यक्रम धनकुटाको सागुरिगढीमा रहेको ड्रीम्स होटलमा संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्