
३१ साउन २०७५, काठमाडौँ
बलिउडमा मात्र नभएर हलिउडमा पनि आफूलाई स्थापित गरिसकेकी नायिका प्रियंका चोपडा सर्वाधिक सफल र डिमाण्डेड नायिका हुन् । केहिदिन अगाडि मात्र प्रियंका चोपडाको अमेरिकन गायक निकसँग इन्गेजमेन्ट भएको कुरा आइरहँदा यस बिषयमा उनी मौन बसेकी थिइन् ।
उनले आफ्नो जन्मदिनको अवसरमा इन्गेजमेन्ट गरेको कुराहरु आएपनि उनीहरुको इन्गेजमेन्टका कुनैपनि तस्बिरहरु बाहिर भने आएका छैनन् । त्यसैले पनि उनले इन्गेजमेन्ट गरेको हो वा होइन सबैलाई थाहा छैन ।
केहिदिन अगाडि मात्र मुम्बई इयरपोर्टमा मिडियालाई देखेर उनले आफ्नो हातको इन्गेजमेन्ट रिङ लुकाएकी थिइन् । उनी आफ्नो प्रेम सम्बन्ध गोप्य राख्न चाहन्थिन् होला तर अहिले भने उनी आपैmले आफ्नो इन्गेजमेन्ट रिङ देखाएकी छिन् ।
हालै भएको एक कार्यक्रममा उनले नायिका रबिना टंडनसँग लिएको सेल्फिको फोटो आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । तर त्यो फोटोमा भन्दा धेरैको आँखा प्रियंकाको इन्गेजमेन्ट रिङमा गयो । अधिकांशले उनले रिङ देखाउनकै लागि त्यो फोटो पोष्ट गरेको आँकडा गरे । यँहाबाट अब प्रियंकालाई आफ्नो निकसँगको सम्बन्ध मिडियाको अगाडि देखाउन कुनै आपत्ति नभएको बुभ्mन सकिन्छ ।





