
३१ साउन २०७५, काठमाण्डौँ
नेपालको राजधानी काठमाण्डौँ मित्रनगर सुकुम्बासी टोल निवासी १६ बर्षीय कक्षा ७ मा पढ्ने नाम परिर्तन मन्जु केसी उनैकै साथीहरु अनिसा र मनिषा हो । काठमाण्डौँबाट दिल्लीमा राम्रो जागिर पाइन्छ धेरै पैसा कमाउन सकिन्छ भन्ने लालचमा काठमाण्डौँ बाट सुर्खेत नेपालगञ्ज हुँदै लखनऊको बाटो मार्फत दिल्ली आइपुगे ।
१–२ दिन साथीहरुको घरमा राखी उनीलाई कोठीमा पुर्याइयो । उनलाई यातना र टर्चर दिने व्यवहार गर्न थालियो उनले यस्तो कार्य गर्न असहमत भएपछि मार्ने कुट्ने, यातना दिने गर्दै उनलाई औषधी खुवाई जवरजस्ती गलत कार्यमा लगाउन थालियो उनले मौका मिल्ने वित्तिकै माइती इण्डियालाई सम्पर्क गर्न सफल भइन र उनलाई माइति इण्डियाले उद्धार गरी नेपाल फर्काउने तयारी गरेको छ ।
बुबा आमा आन्तरिक कलहका कारण अलग भएकाले आमा कतार पुगेपछि बुबाले अर्की बिहे गरेकोले उनीहरुको हजुरआमासँगै बस्दै आएका थिए । सानो १४ वर्षको भाइले पनि ७ कक्षामा सरकारी विद्यालयमा पढ्दैछ । उनलाई राम्ररी खान र पढाउन सक्दैन काम गर्नुपर्छ भन्ने परिवार र हजुरआमाको दबावमा उनी उज्वल भविष्य र धेरै कमाउने लालचमा दिल्लीमा बेचिन बाध्य भइन । उनले अब राम्ररी पढी १२ पास गर्ने धोकोरहेको बताइन ।
माइती इण्डियाले नेपाल सरकारको निकाय र संस्थाहरुसँग सहयोग मागी उनको व्यवस्था गर्न पहल गर्ने बताएको छ । भर्खरै बैदेशिक रोजगारको क्रममा दिल्लीमा करिब ७१ महिलाहरुको उद्धार भैरहदा मन्जु केसी भने वास्तविक बेचिन पुगेकी चेली हुन । अहिले उनको उद्धारको लागि आवश्यक कारबाही सम्बन्धमा दिल्लीसम्म पुयाई गाह्रो अवस्थामा पुर्याउने दलालको अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने तयारी भईरहेको र पिडितलाई न्याय दिलाउनको लागि उद्धार गरिएको चेलिबेटी केन्द्रीय अनुसन्धान (सि.आई.बि.) माईति ईण्डियाको इन्दिरा पाण्डे र पुजा पाण्डेले हस्तान्तरण गरिने समाजसेवी बाल कृष्ण पाण्डेले जानकारी दिएका छन् ।





