राजपाका तत्कालीन नेता त्रिपाठी नेकपामा प्रवेश



३१ साउन २०७५, काठमाडौं

राष्ट्रिय जनता पार्टीका तत्कालीन नेता हृदयेस त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

गत निर्वाचन अघि राजपा त्याग्नुभएको त्रिपाठी प्रतिनिधिसभाको निर्वाचनमा नवलपरासी–१ बाट विजयी भएका त्रिपाठीलाई नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्वागत गरेका थिए । त्रिपाठीसहित बृजेश गुप्ताले पनि नेकपामा प्रवेश गरेका छन् ।

राजपाको तत्कालीन नेताहरु सुर्य चिन्ह लिएर स्वतन्त्र उमेद्वार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्