दाल, भात, तरकारीमा प्रियंका र बर्षा पनि जोडिदैं



३० साउन २०७५, काठमाडौँ

चर्चित हाँस्यकलाकार किरण केसीले निर्माण गर्न लागेको चलचित्र दाल, भात, तरकारीमा दुई अभिनेत्रीहरु थपिएका छन् । अहिलेका निकै चर्चित अभिनेत्रीहरु प्रियंका कार्की र बर्षा राउत चलचित्रमा अनुबन्धित भएका छन् ।

यसअघि चलचित्रमा स्वस्तिमा खड्का, पुष्पल खड्का र निरुता सिंह अनुबन्धित भैसकेका थिए । चलचित्र दाल, भात, तरकारी मङ्सिर १ बाट प्mलोरमा जाने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रमा स्वस्तिमा खड्का, पुष्पल खड्का, निरुता सिंह, प्रियंका कार्की, बर्षा राउत, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, बसुन्धरा भुषाल, शिवहरि पौडेल, राजाराम पौडेल, यमन श्रेठ, मोहितवंश आचार्य लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रको प्रदर्शन मिति २०७६ बैशाख १३ गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्