३० साउन २०७५, काठमाडौँ
नायक प्रदिप खड्का मुख्य भूमिकामा रहेको भाद्र २२ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र रोजीमा नायक प्रदिप खड्कालाई ४ फरक भूमिका देख्न पाइने निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्र रोजी एक प्रेमीले आफ्नै प्रेमिकाको हत्या गरेको बिषयमा आधारित रहेको छ । चलचित्रमा प्रदिपले आप्mनो जीवनमा गरेको संघर्षलाई ४ चरित्रबाट प्रस्तुत गरेका छन् । सार्वजनिक गीतसंगीत र टिजरबाट अत्याधिक चर्चा बटुलिरहेको रोजीलाई निरक पौडेलले निर्देशन गरेका हुन् ।
आपूmले गरिरहेको भन्दा फरक भूमिका रोजीमा देख्न पाइने प्रदिपले बताए । रोजीमा प्रदिपका साथमादुई नायिका परमिता राणा र मिरुना मगरलाई पनि देख्न सकिन्छ ।