पोर्नस्टार सनी लियोनीको बायोपिक फिल्म ‘करनजीत कौरः द अनटोल्ड स्टोरी’ को हट गीत सार्वजनिक



पोर्नस्टार हुँदै बलिउड अभिनेत्री बनेकी सनी लियोनी यतिबेला आफ्नो बायोपिकलाई लिएर चर्चामा छिन् । उनको बायोपिकलाई लिएर सिख समुदायले आपत्तिसमेत जनाईसकेको छ। उनको नामबाट कौर हटाउन उनीहरुले माग गरेका थिए। तर विरोधकाबीच उक्त बायोपिकको एउटा गीत पनि रिलीज भएको छ ।

करनजीत कौरः द अनटोल्ड स्टोरी’ को गीत इट्स ओके अंज्रेजीमा छ। यसमा नकिता डिसूजाले आफ्नो आवाज दिएकी छन् । यो गीतको भिडियोमा सनी लियोनीसँग सम्बन्धित सबै उतार चढावलाई देखाइएको छ। यो भिडियोमा सनी लियोनीको सफलतालाई देखाइएको छ।

उनी क्यानडामा कसरी सफल भइन र विस्तारै बलिउड अभिनेत्री बनिन् भन्ने पनि यो भिडियोमा देखाइएको छ। जसको हट फोटोज शुट गरिन्छ र उक्त फोटो म्यागेजीनको फ्रन्टमा आउँछ। आफ्नो सफलतालाई लिएर उनी निकै खुशी देखिन्छिन्।

सनीको यो बायोपिकलाई आदित्य दत्तले निर्देशन गरेका छन्। बायोपिकमा अभिनेता राज अर्जुन, राइसा सौजानी, करमवीर लाम्बा, बीजेय जसजीत, आनन्द, ग्रुसा कपूर, वंश प्रधान र मार्क बुकनेरले मुख्य भूमिका निभाएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्