एकै पटक २१ बच्चा जन्माएर कुकुरकाे नयाँ विश्व रेकर्ड



अमेरिकी पिटबुल टेरियर प्रजातिको कुकुरले २१ वटा बच्चालाई जन्म दिएर विश्व रेकर्ड बनाएको छ। बेंगलुरुका स्थानीय सतीश यो कुकुरका मालिक हुन्। २१ बच्चालाई एकैपटक जन्माएको यो कुकुरको आमाको नाम ईवा हो।

सतीश डग ब्रीडर हुन्। उनले २०१७ मा इवा समेत दुई पिटबुल कुकुरलाइ अष्ट्रेलियाबाट किनेका थिए। इवालाई उनले १०.५ लाख रुपैयाँमा किनेका थिए भने अर्को पिटबुल कुकुर गब्बरलाई उनले २५ लाख रुपैयाँमा किनेका थिए। अहिलेसम्म केवल सुँगुरले मात्रै १६ देखि १७ वटासम्म बच्चा जन्माउने विश्वास गरिन्थ्यो। तर यो पिटबुलले यो पहिलो र सबै भन्दा नयाँ विश्व रेकर्ड आफ्नो नाम गरेको छ।

अहिलेसम्म पिटबुल प्रजातिका कुकुरले बढीमा १२ देखि १३ वटासम्म बच्चा जन्माउँथे। तर बेंगलुरुको यो अमेरिकी पिटबुल टेरियर प्रजातिको कुकुरले २१ बच्चालाई जन्म दिएको छ। यो कुकुरले ३६ घण्टामा २१ बच्चालाई जन्म दिएर नयाँ रेकर्ड बनाएको हो।

सतीशका अनुसार यी सबै बच्चा १५ जुनमा जन्मिएका थिए। २१ मध्ये सात वटा भने जिवित रहन सकेनन् भने १७ वच्चा निकै स्वस्थ छन्। यो दुर्भल प्रजातिको यो कुकुरको मूल्य अहिले पनि १.५ लाख रुपैयाँ राखिएको छ।

पिटबुल एउटा यस्तो शब्द हो जसको प्रयोग सामान्यतया मोलोसेर नस्ल समूहका कुकुरको कयौं नस्लको वर्णन गर्न प्रयोग गरिन्छ। निकै आक्रामक र चकचके किसिमका यी प्रजातिको कुकुरलाई जर्मन, डेनमार्क, स्पेन, बेलायत, आयरल्याण्ड, रोमानिया, क्यानडा, इटली र फ्रान्समा ब्याण्ड गरिएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्