घर उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई अशोकले गरे आग्रह (भिडियो सहित)



२९ साउन २०७५, काठमाडौं

छोटो समयमा चर्चामा आएका बाल गायक आशोक दर्जीको घर निर्माण अन्तिम चरणमा पुगेको छ । सम्पूर्ण नेपालीहरुको मनमा बस्न सफल भएका दर्जीलाई घर निर्माणमा गायक तथा संगीतकार टक बुढाथोकी र डिजे रुपेशले साथ दिइरहेका छन् ।

जस्तोसुकै गीतलाई पनि सहज तरिकाले गाउन सक्ने खुबी भएका बालगायक दर्जीले सांगितिक कार्यक्रम ताथ सहयोगी मन भएका व्यक्तिहरुबाट उठेको पौसाले जग्गा किनेर घर बनाएका हुन् । हाल उनको घरको ९५ प्रतिशत काम पूरा भइसकेको छ । घर निर्माणको सम्पूर्ण कार्य सम्पन्न भइसकेको र रंगरोगन, फर्निचर ब्यवस्थापन लगायत केही काम बाँकी रहेको घर निर्माण समितिका संयोजक पूर्ण वाइबाले जानकारी दिएका छन् ।

झापा दमकका सामान्य परिवारमा जन्मिएका दर्जी केही समय अघि बाटोमा, होटेलमा दिनभर गीत गाएर थोरै रकम जम्मा गर्थे । त्यो जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए । केही महिना अघिसम्म झापाका सडकमा गाउँदै, पैसा माग्दै गर्ने दर्जी यतिबेला देश, बिदेशमा छाएका छन् ।

डिजे रुपकको साथमा काठमाडौं आएका दजीले गायक तथा संगीतकार टंक बुढाथोकीसँग ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ गीत बजारमा  ल्याएपछि झनै चर्चा कमाएका थिए । त्यसपश्चात उनका लागि सहयोगी हातहरु जताजतैबाट अघि सरे । युट्युब तथा देशविदेशबाट सहयोग स्वरुप जुटेको रकमबाट निर्माण भएको घर भदौं २ गते अशोकको परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्