सधै एउटै निलो कोटमा मात्र नाच्यो भन्नेहरुलाई प्रदीपको जवाफ



२९ साउन २०७५, काठमाडौँ

नायक प्रदिप खड्का युवापुस्तामा निकै लोकप्रिय र डिमाण्डेड अभिनेता हुन् । चलचित्र स्केपबाट नेपाली चलचित्रमा पाईला चालेपनि उनको सफलताको श्रेय चाँहि प्रेम गीतलाई नै जान्छ । जसबाट उनले दर्शकको अत्याधिक माया पाएका थिए ।

सबैको नजरमा ह्याण्सम, क्युट र चकलेटी ब्वाई प्रदिपलाई सधै एउटै निलो कोट लगाएर नाच्यो भनेर कमेन्टहरु आउने गर्छ । प्रदिपको यो विषयलाई लिएर निकै ट्रोलहरु पनि बनेका छन् । अझ कतिले त उनलाई कोट किन्ने पैसा नभएर सधै एउटै कोट लगाएको होला भनेर कमेन्ट गर्ने गर्छन् । तर यसपाली रोजी चलचित्रको गीतमा निलो कोट नलगाई अरुबेला भन्दा फरक गेटअपमा देखिएर आफूलाई त्यस्तो भन्ने सबैलाई प्रदिपले चुप बनाइदिएका छन् ।

प्रदिपले भने सबैले सधै एउटै कोटमा भिडियोमा देखिन्छ भनेकोले यसपाली फरक गेटअपमा प्रस्तुत भएको छु । प्रदिपको प्रमुख भूमिका रहेको चलचित्र रोजी आउँदो भदौ २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्