इन्टु मिन्टु लण्डनमाको शीर्ष गीत सार्वजनिक (भिडियो सहित)



२९ साउन २०७५, काठमाडौँ

अहिलेकी सर्वाधिक सफल र डिमाण्डेड नायिका साम्रज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगर स्टारर बहुप्रतिक्षित चलचित्र इन्टु मिन्टु लण्डनमाको शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा चलत्रिका मुख्य कलाकार धिरज मगरलाई फिचरिङ गराइएको छ ।

सुजिल कर्माचार्यको शब्द रहेको गीतमा नविन किशोर राई र कुमार बस्नेतले संगीत भरेका छन् । उक्त गीतमा सुजिल कर्माचार्यको आवाज रहेको छ । चलचित्रलाई प्रज्वल शमसेर जबरा र प्रभु समशेरले संयुक्त रुपमा निमार्ण गरेका हुन् भने चलचित्रमा नेपालकी चर्चित कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशन रहेको छ । लण्डनका सुन्दर स्थानहरुमा छायांकन गरिएको चलचित्रका छायांकार शैलेन्द्र धोज हुन् ।

सार्वजनिक गरिएको गीतसंगीत र टिजरबाट दर्शकको राम्रो साथ पाईरहेको चलचित्रलाई दर्शकले कत्तिको रुचाउँछन् त्यो भने हेर्न बाँकि नै छ । चलचित्र असोज ५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्