इन्गेजमेन्ट पश्चात नायिका प्रियंकाले लेखिन आयुष्मानलाई लामो प्रेमपत्र



२८ साउन २०७५, काठमाडौं

नायिक प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले अस्ति मात्र सिमित आफन्त र चलचित्रकर्मीलाई बोलाएर द्वारिका होटलमा दोस्रो पटक औठी साटासाट गरेका थिए ।

त्यसबेला नायिका कार्कीले औंठी साटासाट मात्र गरिनन् उनले आयुष्मानका लागि निकै लामो प्रेम पत्र पनि लेखेकी छिन् । प्रियंका र आयुष्मानको प्रेमबारे थाहा नभएका सायदै कोही छैनन् होला । त्यसैले एक अर्काको बारेमा केहि भन्नु वा लेख्नु परेमा यी जोडी हिचकिचाउँदैनन् ।

नायिका कार्कीले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टद्धारा आयुष्मानलाई डेडिकेट गर्दै यस्तो स्टासस लेखिन् ‘म तिमीसँग बाचा गर्न सक्दिन कि काला बादलहरुले हाम्रो जीवनलाई कहिल्यै ढाक्ने छैनन् वा भविष्यले हाम्रा लागि कैयौ इन्द्रेणीहरु ल्याउनेछ । म तिमीसँग बाचा गर्न सक्दिनँ कि भोलीको दिन सुखमय हुनेछ वा जीवन सहज हुनेछ । यद्यपी म के वाचा गर्न सक्छु भने मेरो अस्तित्वको हरेक अंश, मेरो आस्था, सम्मान र मेरो निशर्त प्रेम तिम्रो बाँकी जीवनका लागि हुनेछ ।’ ‘म बाचा गर्न सक्दिनँ कि म सधै तिम्रो साथमा हुनेछु । तिम्रो कुरा सुन्न, तिम्रो हात थाम्न, तिमीलाई मायाको अनुभुती गराउन । तर, म बाचा गर्न सक्छु कि हरेक संकटमा तिमीसँगै हुनेछु र हामी यसको समाधान निकाल्नेछौ । म तिमीसँग सपना देख्नेछु । सधैभरी तिमीलाई प्रोत्साहन गर्नेछु । राम्रो र खराब समय तिम्रो सबैभन्दा बलियो पिल्लर बन्नेछु ’  ‘म बाचा गर्न सक्छु कि म तिम्रो संरक्षक, सल्लाहाकार, बेष्ट फ्रेन्ड, परिवार र तिम्रो सबै कुरा बन्नेछु’ ।

प्रियंकाले निकै भावुक र खुसी हुँदै आयुष्मानको लागि यस्तो स्टासस लेखेकी हुन् । विगत २ बर्षदेखि प्रमसम्बन्धमा रहँदै आएका आयुष्मान र प्रियंका अबको १ बर्ष भित्रमा विवाह गर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्