प्रथम राष्ट्रिय युवा अधिकार महाभेला उद्घाटन



२८ साउन २०७५, काठमाडौँ

अन्तर्राष्ट्रिय युवा दिवस २०१८ का सन्दर्भमा आयोजित प्रथम राष्ट्रिय युवा अधिकार महाभेला हार्दिक होटल बागबजारमा उद्घाटन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, विशेष अतिथि राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल रहेका थिए । त्यस्तै अन्य अतिथिहरुमा राष्ट्रिय युवा परिषद् कार्यकारी निर्देशक सुजिता माथेमा, एक्सन एण्ड नेपाल काजोल प्रधान, कलाकार आस्था राउत लगायत अन्य समाजसेवी युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री विश्वकर्माले युवाहरुमा भएको चेतनाले धेरैकार्यहरु गर्न सकिने बताएका थिए । उनी भन्छन्, द्वन्द्व, असान्ती झगडा जस्ता सामाजिक विकृति फैलाउने नकारात्मक कुराहरु युवाहरुको रहर हैन, केवल बाध्यता हो ।

युवाहरुको हक अधिकारको निम्ती सरकारले समृद्ध नेपाल, सुखी नेपाली नारा ल्याएको प्रष्ट पारेका थिए । कार्यक्रमका विशेष अतिथि ढुंगेलले युवालाई उद्धमी र उत्पादनसँग नजोडेसम्म देश विकास हुन नसक्ने बताए ।

अन्य वक्ताहरुले युवाहरुका विभिन्न विषयमा उठेका मुद्दाहरुको सुनावाई हुनुपर्नेमा जोड थियो । कार्यक्रममा दिगो विकास, युवा र स्वयंसेवा तथा तेस्रो लिङ्गी युवा विषयकमा संवाद गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता नरेन्द्र खतिवडाले गरेका थिए भने कार्यक्रम सञ्चालन नारायण कडेरियाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्