फेरी साटे प्रियंका र आयुष्मानले औठी



२७ साउन २०७५, काठमाडौँ

विगत केहि समय अघिदेखि प्रेममा रहँदै आएका नेपालका सुपरहिट कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीले केही समयअघि मात्र इन्गेजमेन्ट गरेका थिए । तर इन्गेजमेन्ट गरेको १ महिना नबित्दै यी दुईले फेरि एक अर्काबीच औठी साटासाट गरेका छन् ।

पहिलो पल्ट इन्गेजमेन्ट गर्दा प्रियंकाले धेरै आफन्त र घरपरिवार सहित इन्गेजमेन्ट गरेकी थिइन् भने यसपटक चाहीँ प्रियंका र आयुष्मानले सिमित कलाकारहरुबीच औठी साटासाट गरेका छन् । द्वारिका होटलमा एक जमघटका साथ उनीहरुले औंठी साटासाट गरेका छन् ।

उक्त जमघटमा प्रियंका र आयुष्मानका नजिकका साथीहरु स्वस्तिमा खड्का, बर्षा राउत, दिपाश्री निरौला, निश्चल बस्नेत, दिपकराज गिरी र कविराज गहतराज पनि उपस्थित भएका थिए । उपस्थित सबैले उनीहरुलाई बधाई तथा शुभकामना दिए । त्यतिमात्र नभएर आयुष्मान र प्रियंकाले अबको एक बर्षमा विवाह गर्ने योजना समेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्