
२७ साउन २०७५, काठमाडौं
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी आज विहान भृकुटी मण्डपबाट शुरु भएको र्याली भद्रकाली परिसर हुँदै रत्नर्पाक घुमेर राष्ट्रिय सभा गृहमा समापन भएको थियो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरुले समेत सहकार्य गरेका थिए ।

संयुक्त राष्ट्र संघले १९९९ मा घोषणा गरी २००० देखि मनाउन लागेको अगष्ट १२ तारिख अन्तर्राष्ट्रिय युवा दिवस नेपालले २००४ देखि मनाउन थाल्यो । यो वर्ष १५ दिन लामो विभिन्न कार्यक्रम आयोजना गरी युवा मन्त्रालय र युवा परिषदले विभिन्न कार्यक्रम गरिरहेका छन् ।
र्यालीमा सहभागी संघसंस्थाका फोटोहरु :






