राधा २ मा प्रियंका इन सञ्चिता आउट



२७ साउन २०७५, काठमाडौँ

आजभन्दा ३ बर्ष अगाडी निर्माण भएको चलचित्र राधाको सिक्वेल बन्ने भएको छ । योगेश घिमिरेद्वारा निर्मित यस चलचित्रको पहिलो सिरिजमा संचिता लुइटेल र जीवन लुइटेल प्रमुख भूमिकामा थिए । तर राधा २ मा भने यी दुई अनुहारहरु हेर्न नपाइने भएको छ ।

राधा २ मा योगेशले प्रियंका कार्कीलाई प्रमुख भूमिकामा राख्ने भएका छन् । राधा जस्तै राधा २ पनि नारीप्रधान र प्रेममा आधारित बन्ने योगेशले बताए । चलचित्रमा प्रियंकाको साथमा दुई अभिनेताहरु रहने छन् ।

प्राप्त जानकारी अनुसार चलचित्रमा एक चल्तीका नायक र अर्का नव नायक रहन सक्नेछन् । तर को होे भन्ने कुरा चाहीँ अहिले नै खुलासा भएको छैन । चलचित्र भाद्र २५ बाट प्mलोरमा जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्