
२७ साउन २०७५, काठमाडौं
सोलुखुम्बुबाट प्रतिनिधिसभा सांसदमा निर्वाचित सांसद हेमकुमार राईले १ बर्षको अवधिमा सरकार सफल वा असफल भयो भनेर भन्ने दिन नआएको बताएका छन् । महाकुलुङ्ग सरोकार समाजद्वारा काठमाडौँमा आयोजित एसईई उतिर्ण विद्यार्थी सम्मान कार्यक्रममा प्रतिपक्ष प्रति इङ्गित गर्दै १ बर्षको सरकार असफल र सफल भयो भयो भनेर समिक्षा गर्ने समय नरहेको प्रष्ट पार्नु पारेका छन् । बर्तमान नेकपाको सरकार जनताको पक्षमा नीति तथा कार्यक्रमहरु बनाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा रहेको तर कांग्रेसले नेपाल र नेपाली जनताको हित नचाहेकोले सरकारले गरेका राम्रो काममा पनि आरोप र प्रत्यारोप मात्र लगाईरहेको बताए ।
विद्यार्थी सम्मान कार्यक्रमको एक प्रसंगमा सांसद राईले लोकतान्त्रिक पार्टी भन्ने नेपाली कांग्रेसले जनमतको कदर गर्न आनाकानी गर्न खोजेकोले जनमतको कदर गरी आफ्नो पार्टीको सिद्धान्त रक्षा गर्न अनुरोध गरे । अब जनताले परिवर्तन चाहिरहेकोमा कांग्रेसले आफ्नो मनासिकतामा परिवर्तन गरी सकारात्मक र रचनात्मक प्रतिपक्षको भूमिका निर्बाह गर्नु पर्ने उनले बताए ।

लामो समयदेखि एकल शासन चलाएका नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको चुनाबमा पाखा लगाएका राईले अबको ४ बर्ष भित्र समृद्व सोलुखुम्बु निर्माणको अभियानमा आफु रहेको बताउदै जिल्लामा रहेको असिमित आवश्यकता र सिमित स्रोत साधानबाट प्राथमिकताको आधारमा जनताको आवश्यकताहरु पूरा गर्दै जाने बताए । अहिले आफुले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको भन्दै सोलुखुम्बुको कोशीपारी सोतांग र महाकुलुङ्ग र खुम्बु पासाङ्ग्ल्हामु क्षेत्रलाई सहज रुपमा सडक संजाल जोड्न दिप्लिघट जुभिङ्गमा तिन बर्ष भित्र काम सकिने गरी यसै हिउँदोबाट पक्की पुल निर्माणको थालानी गर्ने प्रतिबद्वाता ब्यक्त गरेका थिए ।
प्रतिनिधि सभा सदस्य सांसद हेमकुमार राईको प्रमुख आतिथ्यता तथा महाकुलुङ्ग गाउँपालिकाका अध्यक्ष सागर किराँतीको बिशेष अतिथ्यमा आयोजित कार्यक्रममा सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकाबाट एसईई उतीर्ण गरेर राजधानीमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ । यसै बीच महाकुलुङ्ग गाउँपालिकाबाट उत्कृष्ट नतिजा ल्याउने पाँच जना विद्यार्थीलाई जनही नगद तथा प्रमाणपत्र सहित सम्मान गरेको थियो ।
महाकुलुङ्ग सरोकार समाजको अध्यक्ष शुक्रमणि कुलुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाकुलुङ्ग गाउँपालिकाका तीन माध्यामिक बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल ५ विद्यार्थीहरु श्री सगरमाथा मा.बि. बुङ्गको उत्कृष्ट विद्यार्थी नित्र कुलुङ्ग ,श्री गुदेल मा.बि. समान जिपिए ल्याउँदै उत्कृष्ट नतिजा ल्याउन सफल कला कुलुङ्, सम्झाना कुलुङ्ग र एलिसा कुलुङ्ग जनही रु. पाँच हजार तथा सम्मानपत्र र श्री छेस्काम मा.बि.बाट उत्कृष्ट नतिजा हासिल गर्दै महाकुलुङ्ग उत्कृष्ट हुन सफल कृतिका कुलुङ्गलाइ रु. सात हजार नगद सहित सम्मान गरेको संस्थाका सदस्य नुरु शेर्पाले जानकारी दिए ।





