राणाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित



२७ साउन २०७५, काठमाडौं

पुर्व सांसद तथा नेपाली कांग्रेसको पुर्व केन्द्रीय सदस्य भारतशमशेर राणाको निधनको शोक प्रस्ताव पारित गर्दै आज बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। राणाको निधनप्रति दुख व्यक्त गर्दै उक्त शोक प्रस्ताव पारित भएको हो।

गोरखा परिषदको सस्थापक अध्यक्ष समेत रहेका राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०१७ सालको “कु” पछि राणाले गोरखा परिषदलाई विनाशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए।

राणाको ९१ वर्षको उमेरमा अस्ति साउन २५ गते निधन भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक साउन २८ गते दिउँसो १ बजे बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्