मनिषाले अस्वीकार गरेपछि दाल, भात, तरकारीमा निरुता फाइनल



२७ साउन २०७५, काठमाडौँ

अहिले नेपाली चलचित्र क्षेत्रमा हाँस्य कलाकारको वर्चस्व निकै बढेको छ । अधिकांश हाँस्य कलाकारहरु चलचित्र निर्माणमा व्यस्त हुन थालेका छन् । यस्तैमा हालै मात्र हाँस्य कलाकार किरण केसीले पनि दाल, भात, तरकारी चलचित्र निर्माणको घोषणा गरेका थिए ।

यस चलचित्रका अधिकांश कलाकारहरु छनोट भईसकेका छन् । चलचित्रको मुख्य भूमिकामा स्वस्तिमा खड्का र पुष्पल खड्का अनुबन्धित भएका छन् । चलचित्रमा स्वस्तिमा र पुष्पलका साथसाथै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ किरण केसी, शिवहरि पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । चलचित्रमा हरिवंशको श्रीमतीको रोलको लागि नायिका मनिषा कोइरालालाई अफर गरिएको थियो तर मनिषाले व्यस्तताका कारण आफूले उक्त चलचित्रमा काम गर्न नसक्ने बताएपछि चलचित्रमा नेपालकी कुनै समयकी निकै चर्चित नायिका निरुता सिंह फाइनल भएकी छिन् ।

मुम्बईमा बस्दै आएकी निरुता केही समय अघिमात्र नेपाल आएकी थिइन् । यस चलचित्रमा उनी हरिवंशकी श्रीमतीको भूमिकामा देखिने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्