सांसद जीवनराम श्रेष्ठ लगायतको टोलीद्वारा हिलाम्मे सडकको निरीक्षण



२७ साउन २०७५, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ लगायतको टोलीले नागर्जुन नगरपालिका वडा नं. ४ र ६ मा पर्ने सिमाना बाटो बंगलामुखी मन्दिरदेखि भैरवनाथ खानेपानी सम्मको कच्ची हिलाम्मे सडकको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षणका क्रममा टोल विकास संस्थासँग छलफल गर्नुको साथै बाटो निर्माणको लागि ज्ञापन पत्र समेत हस्तान्तरण गरिएको थियो ।

उक्त निरीक्षण टोलीमा प्रदेश सभा सदस्य अष्ट लक्ष्मी शाक्य, नागर्जुन नगरपालिका वडा नं. का ४ अध्यक्ष करुण बलामी र वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

निरीक्षण पश्चात आगामी बर्षा अगाडी नै सबै मिलेर बाटो सुधार गर्ने प्रतिबद्धता संयुक्त रूपमा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्