
२६ साउन २०७५, काठमाडौं
बुढानीलकण्ठ नगरपालिकामा बसोबास गर्ने युवाहरुको समूहद्वारा गठन गरिएको युवानीलकण्ठले आज मण्डिखाटारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मण्डिखाटारमा सम्पन्न रक्तदान कार्यक्रममा बुनपाभित्रका प्राय सवै वडाध्यक्षहरु सहभागी थिए । युवानीलकण्ठले पहिलोपटक आयोजना गरेको रक्तदान कार्यक्रममा करिब २०० जनाले रक्तदान गरेको आयोजकले जानकारी दिए ।






