रोट्रयाक्ट क्लब अफ पशुपतिको अध्यक्षमा जेनी भट्टराई



२६ साउन २०७५, काठमाडौँ

रोट्रयाक्ट क्लब अफ पशुपतिको अध्यक्षमा जेनी भट्टराई निर्वाचित भएकी छिन् ।

रोट्रयाक्ट क्लब अफ पशुपतिको १९ औं पदस्थापना दिवसको अवसरपारी ललितपुरको डिएभी स्कुलको सभाहलमा आयोजना गरिएको कार्यक्रममा निवर्तमान अध्यक्ष रोट्रयाक्टर जुलिया ज्ञवालीले क्लबको वेल झण्डा र प्रमाणपत्र हस्तान्तरण गर्दै भट्टराईलाई औपचारिक रुपमा अध्यक्ष घोषणा गरेकी थिईन् ।

ओखलढुंगामा जन्मिएर काठमाडौँबाट पब्लिक हेल्थमा स्नातक गरेकी भट्टराई विगत ७ वर्षदेखि रोट्रयाक्ट क्लबमा क्रियाशील थिईन् ।

रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत उत्कृष्ट क्लबमा गनिएको रोट्रयाक्ट क्लब अफ पशुपतिले जेनीको कार्यकालमा अझ बढी गतिशिल हुने रोटरी क्लब अफ पशुपतिले अपेक्षा गरेको छ ।

रोटाईयर २०१८–०१९ मा निर्वाचित कमिटीमा निम्नानुुसारको जिम्मेवारी प्रदान गरिएको छ :

अध्यक्ष: जेनी भट्टराई
निवर्तमान अध्यक्ष: जुलिया ज्ञावली
अध्यक्ष निर्वाचित: सिर्जना कार्की
उपाध्यक्ष: अमित शाह
सचिव: उमेश सिटौला
सह–सचिव: सविना रिमाल
कोषाध्यक्ष: आवास अधिकारी
क्लब सर्भिस डाईरेक्टर: मिक्सन थापा
कम्युनिटी सर्भिस डाईरेक्टर: पुष्पा डंगोल
सह–कम्युनिटी सर्भिस डाईरेक्टर: सुजना केशी
इन्टरनेष्नल सर्भिस डाईरेक्टर: उज्ववल अधिकारी
प्रफेशनल डिभलपमेन्ट डाईरेक्टर: शागर जोशी
साप डाईरेक्टर: अन्जन डंगोल
सर्जेन्ट एट आर्मस्: बबिता शाह

पदस्थापना दिवसको अवसरमा रोटरी क्लब अफ पशुपति, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का पदाधिकारीहरुको समेत उपस्थिती थियो । कार्यक्रममा उत्कृष्ट सेवा र सहयोग गर्ने रोट्रयाक्टरहरुलाई सम्मान गरिएको थियो भने नयाँ सदस्यहरुलाई पीन वितरण गरिएको थियो ।

सोही कार्यक्रममा इन्ट्रयाक्ट क्लब अफ पशुपतिको नयाँ समितिलाई समेत सपथ तथा जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

       

प्रतिक्रिया दिनुहोस्