सैनिक श्रीमती संघद्वारा शौचालय हस्तान्तरण



२६ साउन २०७५, मोरङ

नेपाली सैनिक संघले बिपन्न समुदायका मानिसलाई सुलभ शौचालय बितरण गरेको छ । विपन्न समुहहरुलाई लक्षित गरी सैनिक श्रीमती संघको प्राविधिक तथा अर्थिक सहयोग र सुर्यदल गणका सकल दर्जाको श्रमदानमा मोरङ जिल्ला कटहरी गाँउपालिका वडा नं. ४ र ५ मा निर्माण भएको सुलभ शौचालय शुक्रबार बितराण गरिएको हो । सैनिक श्रीमती संघकी कोषाध्यक्ष्य श्रीमती संगीता शाहीले एक कार्यक्रमका विच उद्घाटन गरी शौचालय हस्तान्तरण गरीएको पुर्वी प्रितना हेडक्वाटरले जनाएको छ ।

जोन्टा क्लवको समेत प्राविधिक सहयोग रहेको सो शौचालयको साचो सैनिक श्रीमती संघकी कोषाध्यक्ष श्रीमती शाहीले कटहरी गाँउपालिकाका प्रमुख श्री राम कुमार कामुतलाई हस्तान्तरण गरेकी थिईन् ।

कार्यक्रममा पूर्वी पृतनापति उपरथी समीर शाही, महासेनानी सुनिल घले, स्टाफ अधिकृतहरुका साथै सुर्यदल गणका गणपति कटहरी गाँउपालिका प्रमुख, उपप्रमुख, वडा प्रमुखहरु लगायत स्थानीय बासिन्दाहरुकोे समेत उपस्थिती रहेको थियो  ।

सोहि अवसरमा गाँउपालिकाका प्रमुख राम कुमार कामुतले नेपाली सेनाले जनहितकार्य गरेबापत सैनिक श्रीमती संघ, पूर्वी पृतना हेडक्वाटर र सुर्यदल गणलाई प्रशंशा पत्रद्वारा सम्मान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्