राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र



२६ साउन २०७५, काठमाडौं

जन नायक राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । जन नायक राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै राम प्रसाद राई फाउण्डेशन नेपाल र राम प्रसाद राई स्मृती प्रतिष्ठानको संयुक्त पहलमा विज्ञहरुको टोलीसहितले प्रधानमन्त्री ओलीलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।

टोलीमा जन नायक राम प्रसाद राई फाउण्डेशन नेपाल अध्यक्ष सुस्मा राई र प्रतिष्ठान अध्यक्ष तारा राईले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझदै प्रधानमन्त्री ओलीले जन नायक राम प्रसाद राईका विषयमा आवश्यक सरसल्लाह गरेर विवादसहित निर्णय गर्ने बताए ।

यसअघि तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड ) लाई फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि तत्कालीन दाहाल प्रधानमन्त्री हुँदा मन्त्रीपरिषदमा लगिए पनि विविध कारणले निर्णय हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्