चीनमा चार आँखा र दुई टाउको भएको अनौठो बाच्छी जन्मियो !



गाईको एउटा अनौठो बाच्छी चीनमा जन्मिएको छ । जसको दुई टाउको दुई मुख र चार आँखा छन् ।

बाच्छीका दुवै मुखले काम गर्छन् । अस्वभाविक लाग्ने गरी जन्मिएको उक्त बाच्छी जेनेटिक म्युटेसनका कारण यसो भएको हुनसक्ने मानिएको छ ।

उत्तर पश्चिम चीनको शान्जी प्रान्तको डोंगाउ भन्ने गाउँमा उक्त बाच्छी जन्मिएको हो । फेंग नामका एक गाउँलेले उक्त बाच्छीको तस्बिर सेयर गरेका छन् । अरु सबै बाच्छाबाच्छी सामान्य रहे पनि उक्त बाच्छी भने असाधारण प्रकृतिको जन्मिएको हो ।

अहिलेसम्म स्वस्थ रहेको उक्त बाच्छी उभिन भने नसक्ने बताइएको छ । ६ वर्षको एउटा गाईले उक्त बाच्छी जन्माएको हो । अहिले उक्त बाच्छी गाउँकै आकर्षण बनेको छ ।

जिन म्युटेसनका कारण यस्तो भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । यस्ता प्रकृतिका जनावर धेरै लामो समय बाँच्न नसक्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्