नेपालको संविधानबारे अन्तराष्ट्रिय सम्मेलन हुँदै



२५ साउन २०७५, काठमाडौं

नेपालको संविधानको अन्तरवस्तु र कार्यन्वायनबारे अन्तराष्ट्रिय सम्मेलन २६ साउनदेखि काठकाडौंमा शुरु हुने भएको छ ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ ल र साउथ एसियाको संयुक्त आयोजनामा हुने कार्यक्रममा विभिन्न देशका संविधानविद्, वकिल, राजनितिज्ञ, समाजशास्त्री तथा अभियान्ताहरुको सहभागिता रहनेछ । यसैगरि प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरु, तत्कालीन संविधानसभाका सदस्य तथा सातै प्रदेशका प्रतिनिधिहरुको समेत सहभागिता रहने जनाईएको छ । साथै सम्मेलनमा संविधानवाद र विधिशास्त्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय विषेशज्ञहरुको पनि सहभागिता रहनेछ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजुका अनुसार यो सम्मेलनले संविधानका नयाँ अक्षर तथा भावनालाई अझ प्रष्ट र राम्रो तरिकाले बुझ्न सहयोग पुग्नेछ, ताकी सूचित अभ्यास, कानुनको कार्यन्वायन, वौद्धिक विमर्श र जनसुचनाका आधारमा यसको प्रवद्र्धन गर्न सकियोस् ।

सम्मेलनका संयोजक एवं काठमाडौं विश्वविद्यालयका डिन डा. विपीन अधिकारीले नयाँ संविधानबारेको विमर्शलाई प्रवद्र्धन गर्न आगामी दिनमा विभिन्न क्रियाकलाप तथा प्रकाशनका श्रृङ्खला शुरु गर्ने योजना रहेको बताएका छन् । उनी भन्छन्, “संविधानबारेको यो विमर्शले हामीलाई सरकारको सहयोगमा संविधान र संविधानवादको केन्द्र स्थापनाका लागि अग्रसर बनाउने छ ।”

कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्